काठमाण्डौः जापानलाई उछिन्दै पहिलो पटक उत्तरी छिमेकी चीन कार निर्यात गर्ने पहिलो मुलुक बनेको छ ।
हालै सार्वजनिक एक तथ्यांक अनुसार जापान भन्दा झन्डै १ लाख बढी कार निर्यात गरेर चीन पहिलो मुलुक बनेको हो ।
एक अार्थिक रिर्पोट अनुसार यस वर्षको पहिलो त्रैमासिकमा १० लाख ७ हजार कार निर्यात गरर चीनले यो रेकर्ड बनाएको. हो । यसै आर्थिक वर्षको पहिलो ३ महिनामा ९ लाख ५४ हजार १ सय ८५ कार मात्र निर्यात गरे पछि जापान भने दोस्रो स्थानमा झर्न पुगेको छ ।
चीनले पहिलो त्रैमासिकमा गरेको यो पछिल्लो कार निर्यातको तथ्यांक गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । विद्युतीय कारले क्रमशः लोकप्रियता बढाउँदै लगेको र यसै बिचमा रुसमा कारको माग बढेसँगै चीनको निर्यात बढन पुगेको जनाईएको छ ।
गत वर्ष मात्र चीनले युरोपियन मुलुक जर्मनीलाई उछिन्दै कार निर्यातमा गर्ने विश्वको दोस्रो मुलुक बन्न सफल भएको थियो । बीबीसीका अनुसार चीनले सन् २०२२ मा ३२ लाख गाडी निर्यात गरेर जर्मनीलाई तेस्रो स्थानमा झारेर दोस्रो स्थानमा उक्लन सफल भएको थियो । जर्मनीले सो आर्थिक बर्षमा २६ लाख मात्र गाडी निर्यात गरे पछि तेस्रो स्थानमा झरेको हो । सन् २०२२ को पहिलो ३ महिनाको तुलनामा चीनले ५८ प्रतिशत बढी कार निर्यात गरेको थियो ।
पछिल्लो समय विश्वभर विधुतीय कारको माग अप्रत्याशित रुपमा अघि बढिरहेको छ, जसको प्रत्यक्ष फाइदा बिद्युतीय कार उत्पादन गर्ने चिनियाँ बजारलाई पुगेको छ ।
उता, टेस्लाले पनि चिनमा उत्पादन गरेको बिद्युतीय कारको विश्वभरी माग बढेको छ । सांघाईमा रहेको टेस्लाको ठूलो विद्युतीय कार प्लान्टवाट उत्पादित कारको जापान र युरोपेली बजारमा माग अत्याधिक रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया