श्रावण ४, २०८२ आइतबार July 20, 2025

साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु, कैयौँ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु भएको छ । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छभने कैयौँ घाइते भएका छन् ।

समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै केबल न्युजन नेटवर्क (सिएनएन)ले जनाएको छ ।

Football tragedy in El Salvador: a stampede in a stadium caused the death  of at least twelve people - News Rebeat

प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पु¥याइएको छ ।

प्रहरीले सार्वजनिक  गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै  एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् । अलियान्जा र एफएएसएल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया