श्रावण ५, २०८२ सोमबार July 21, 2025

रुसी हमलापछि मोदी र जेलेन्स्कीबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता

युक्रेनले अघि सारेको ‘शान्तिसूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई जेलेन्स्कीको आमन्त्रण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन संकट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शनिबार भेटवार्ता गर्दै मोदीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । जापानको हिरोसिमामा भएको आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भने, ‘मैले तपाईं र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छु त्यो गर्नेछौँ ।’

१५ महिनाअघि रुसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत एक पोस्टमा भनिएको छ, ‘मोदीले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।’ जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्तिसूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गरेका छन् ।

मोदीले रुसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिएका थिए । युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकाले स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोसिमा पुगेका थिए ।

युक्रेनी नेताले यसअघि इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गरेका थिए । जेलेन्स्कीले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गरेका हुन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार