श्रावण ५, २०८२ सोमबार July 21, 2025

पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा छ जना सुरक्षाकर्मी मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका छन् ।

प्रहरी अधिकारीहरूका अनुसार निजी क्षेत्रबाट सञ्चालित तेल र ग्यास उत्खनन गर्ने कम्पनीमा आतङ्वादीहरूको एक समूहले आक्रमण गर्दा ती सुरक्षाकर्मी मारिएका हुन् ।

आज बिहान दुई दर्जनभन्दा बढी सशस्त्र आतङ्कारीले गरेको आक्रमणको प्रतिकारमा चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको प्रहरी अधिकृत आसिफ बहादुरले बताएका छन् ।

दुई घण्टाभन्दा बढी समय दाहोरो भिडन्तपछि आतङ्कारी भागेका तथा उक्त स्थलको स्थिति अहिले नियन्त्रणमा रहेको जानकारी दिँदै उनले इन्धन उत्खनन केन्द्रलाई पर्याप्त सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समयमै सुरक्षाफौज सहायताका निम्ति आएकाले ठूलो मानवीय क्षति नभएको बताइएको छ ।

पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको कम्पनीले इन्धनका निम्ति उत्खनन गरिरहेको छ । उक्त हमलाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार