श्रावण १९, २०८३ मंगलबार August 4, 2026

ओम शान्ति ओम र दबंग २ अभिनेता नितेशको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भएको छ । फिल्म ‘ओम शान्ति ओम’ र ‘दबंग २’ तथा टेलिसिरियल ‘अनुपमा’का अभिनेता नितेशको मंगलबार राती नासिकको इगतपुरीमा हृदयघात भएको थियो । जहाँ उनी सुटिङका लागि आएका थिए ।

नितेश ‘अनुपमा’मा धिरज कपुरको चरित्रमा थिए । नितेका निर्माता जेठान सिद्धार्थ नागरले उनको निधनको पुष्टि गरेका छन् । ‘हो तपाईंले सही सुन्नुभयो । मेरो ज्वाई रहेनन् । मेरी बहिनी अर्पिता पाण्डे शोकमा छन् । नितेशका पिता उनको पार्थिव शरीर लिनका लागि इगतपुरी गएका छन् । उहाँ दिउँसोसम्म यहाँ आइपुग्नुहुनेछ । हामी साँच्चै शुन्य भयौं । अर्पिताले अहिले कसैसँग कुरा गर्न चाहेकी छैनन्’, सिद्धार्थले भनेका छन् ।

नितेशको यसअघि अश्विनी कालसेकरसँग विवाह भएको थियो । जसले अहिले मुरली शर्मासँग विवाह गरेकी छन् । फिल्म ‘ओम शान्ति ओम’मा उनले शाहरुखको सहायकको भूमिका निर्वाह गरेका थिए । उनले ‘खोसला का घोसला’मा पनि अभिनय गरेका थिए । हाल उनी ‘इण्डियावाली माँ’ र ‘अनुपमा’मा व्यस्त थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
सर्वोच्चमा २८ हजार मुद्दा विचाराधीन
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार