श्रावण ५, २०८२ सोमबार July 21, 2025

जापानमा ४ जनाको हत्या गरेको आरोपमा सभामुखका छोरा पक्राउ

मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एक जना नगर सभामुखका छोरा समातिएका छन् ।

मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

जापनीज सञ्चार माध्यमका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए । सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनको नाम भने सार्बजनिक गरिएको छैन ।

तर, उनले चार चार जना माथी किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो रु त्यो भने अझै खुल्न सकेको छैन । प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदाहाडै गोली हानी हत्या गरेपछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएको छ । किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्वारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी
२०८२ श्रावण ५, सोमबार
आज कति छ डलरको रेट ? राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर
२०८२ श्रावण ५, सोमबार
साफ यू-२० च्याम्पियनसिपको उपाधि लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा
२०८२ श्रावण ५, सोमबार
एमालेमा भण्डारी गुटको छुट्टै भेला : आन्तरिक तयारीमा संस्थापन
२०८२ श्रावण ५, सोमबार
श्रावणको पहिलो सोमबार शिवको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८२ श्रावण ५, सोमबार
उपाध्यक्ष गिरीको पदमुक्तिमा राप्रपा नेताहरूको विरोध : आन्तरिक लोकतन्त्रमा गम्भीर आघात
२०८२ श्रावण ५, सोमबार
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार