वैशाख २०, २०८१ बिहिबार May 2, 2024

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

प्रधानमन्त्रीको आशन्न भारत भ्रमण, भोलि संसद्‍मा पेस हुने आर्थिक वर्षको बजेट लगायतका मुख्य बिषय एजेण्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिद्को आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा विशेषगरी प्रधानमन्त्रीको आशन्न भारत भ्रमण, भोलि संसद्‍मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने कैद माफीबारे छलफल र निर्णय हुनेछ।

प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि भारत भ्रमणमा जाँदै छन्। त्यस्तै सरकारले नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा जन्मकैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी फाइल अघि बढाएको छ।

आजको बैठकले साथै भोलि संसद्‍मा पेस हुने बजेट पनि पास गर्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार