वैशाख २५, २०८१ मंगलबार May 7, 2024

रेशम चौधरीलाई कैद माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारकाे निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलाई बाँकी कैद माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार गणतन्त्र दिवसका अवसरमा भोलि जेठ १५ गते राष्ट्रपतिले चौधरीलाई आममाफी दिनेछन्। पूर्वसांसद चौधरी टीकापुर घटनामा दोषी ठहरिएर जन्मकैदको सजाय काटिरहेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया