मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तीसौं जलवायु शिखर सम्मेलन (कोप-३०) ब्राजिलमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: तीसौं जलवायु शिखर सम्मेलन (कोप–३०) ब्राजिलमा हुने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२५ को अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप–३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको हो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसाैँ कोप आयोजना गर्ने घोषणा गर्नुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

राष्ट्रपति लुलाले ट्विट गरेको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनकाबारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन यो सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गर्नुभएको छ ।

ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसङ्घले गएको वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको जानकारी दिनुभएको छ । बेलेम डो पारा अमेजन जङ्गलको किनारमा अवस्थित उत्तरी ब्राजिलको एक सहर हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार