असार २२, २०८२ आइतबार July 6, 2025

कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार एकपछि अर्को रुपमा चुक्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरुहुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तीनवटा विषयमा सरकारको ध्यानाकर्षण गराउँदै ती विषयमा सरकारको जवाफ माग गरी बैठक अवरुद्ध गरेको थियो ।

सभामुख कृष्णबहादुर महाराले बैठक सुरु भएको जानकारी गराउने वितिक्कै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन, नेपाल तरुण दल, रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ पर्नुभएका खोजतलास साप्ताहिकका सम्पादक राजुबस्नेतलाई रिहा गर्न सरकारको ध्यानाकर्षण गराउँदै जवाफ माग गर्नुभएको थियो ।

ग गर्नुभयो । उहाँले सरकारले ती विषयमा जवाफ नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने बताउनुभयो । यसपछि प्रमुख प्रतिपक्षी दलका सांसदहरू आ–आफ्नो आसनबाट उठ्नुभएको थियो । यसपछि सभामुख कृष्णबहादुर महराले बैठकमा सांसद बडूले उठान

गर्नुभएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले उपर्युक्त समयमा जवाफ दिनेछ, सरकारको जवाफ आउने छ ,सरकारको ती विषयमा जवाफ आउनेमा म विश्वस्त छु भन्नुभयो सभामुख महराले प्रतिपक्षीदलका सांसदहरू आ–आफ्नो आसनबाट

उठिरहनुभएकाले बैठक दश मिनेटका लागि स्थगित गर्नुभएको थियो । त्यसपछिको बैठमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी

कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो जानकारी दिँदै उहाँले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजी कार्य जारी रहेको बताउनुभयो ।

मन्त्री ढकालले सदनको भोलिको बैठकमा सम्बन्धित मन्त्रीले प्रमुख प्रतिपक्षी दलले उठान गरेको विषयमा सदनमा जवाफ दिने जानकारी गराउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार