श्रावण ६, २०८२ मंगलबार July 22, 2025

आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

होती थाना क्षेत्रको मस्जिदको लाउड स्पीकरबाट आफूलाई पैगम्बर घोषणा गर्ने गुलिबाग निवासी इरफानलाई मृत्युदण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड दिईएको छ । आफुलाई पैगम्बर दावी गर्दै अरुलाई धार्मिक गाली गर्दै आएका इरफानलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजायँ दिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले उनलाई धर्म गाली गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो ।

गुलिबाग निवासी इरफानले ६ वर्षअघि होती थाना क्षेत्रको मस्जिदको लाउड स्पीकरबाट आफूलाई पैगम्बर घोषणा गरेका थिए । त्यसपछि मस्जिदमा उपस्थित तबलिगी जमातका मानिसहरूले उनलाई समातेका थिए।

आफुलाई पैगम्बर घोषणा गरेर मुस्लिम समुदाय र इस्लाम धर्म माथी चुनौती दिएको भन्दै उनलाई पक्राउ गरेर प्रहरीसमक्ष बुझाईएको थियो । तत्कालै, इरफानलाई चार लाख रुपैयाँ जरिवाना पनि लगाइएको थियो ।

तर, पाकिस्तानी आतंकवाद सबन्धी अदालतले उनलाई धार्मिक भडकाव गरेको तथा इस्लाम धर्ममाथी धावा बोलेर सिंगो मुसुलमान समुदायमाथी अपमान गरेको अभियोगमा हालै मृत्युदण्ड दिईएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार