श्रावण ५, २०८२ सोमबार July 21, 2025

इरानमा सन् २०१५ यताकै सबैभन्दा बढी मृत्युदण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानले यस वर्ष ३०० भन्दाबढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ । मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो बर्ष मृत्युदण्डको सजायँ पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ ।

नर्वेस्थित इरान मानवअधिकार (आईएचआर)का अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो ।

मे महिनामा कम्तीमा १४२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो सन् २०१५ यताकै सबैभन्दा उच्च मासिक आँकडा हो । इस्लामिक गणतन्त्र इरानमा गत महिना हरेक दिन औसतमा चार जनाभन्दा बढीलाई फाँसी दिइएको थियो ।

गत सेप्टेम्बरमा सुरु भएको विरोध प्रदर्शनलाई दबाउन नेतृत्वले कदम चालिरहेका बेला इरानले जनतामा डर पैदा गर्न मृत्युदण्डको दायरा बढाएको अभियानकर्मीले आरोप लगाएका छन् ।

विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा सात जनालाई फाँसी दिइएको छ तर अधिकारकर्मीले विशेष गरी लागूपदार्थ र हत्याको अभियोगको आधारमा, जातीय अल्पसङ्ख्यकलाई असमानरूपमा लक्षित गरिएको र कम जटिल प्रकृतिका मुद्दामा मृत्युदण्डको सङ्ख्या बढेको बताएका छन् ।

आईएचआरका निर्देशक महमुद अमिरी–मोगद्दामले भन्नुभयो, “इस्लामिक गणतन्त्रले स्वेच्छाचारीरूपमा मृत्युदण्ड दिनुको उद्देश्य विरोध प्रदर्शन रोक्न र यसको शासन लम्ब्याउन सामाजिक डर फैलाउनु हो ।”

“यदि अन्तर्राष्ट्रिय समुदायले मृत्युदण्डको वर्तमान लहरप्रति कडा प्रतिक्रिया देखाएन भने आगामी महिनामा सयौं मानिस इरानी सत्ताधारी समूहको अत्याचारको सिकार हुनेछन् ।”

यस वर्ष फाँसी दिइएकामध्ये ५९ प्रतिशत अर्थात् १८० जनालाई लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको बताइएको छ । मे महिनामा मृत्युदण्ड दिइएकामध्ये २० प्रतिशतभन्दा बढी अर्थात् ३० जना देशको दक्षिणपूर्वमा बसोबास गर्ने सुन्नी बलुच अल्पसङ्ख्यक समुदायका थिए ।

महिलाका लागि इरानको पहिरन नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शन पछिल्ला महिनामा केही हदसम्म कम भएको छ तर अझै पनि छिटपुट रूपमा जारी छ ।

इरानले गत मे महिनाको सुरुमा प्रदर्शनसँग सम्बन्धित मुद्दामा थप तीन जनालाई फाँसी दिएको थियो । यसको अन्तर्राष्ट्रिय निन्दा भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार