वैशाख १९, २०८१ बुधबार May 1, 2024

पाकिस्तानद्वारा दुइ सय भारतीय माझी रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानले आज थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।

गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको  थियो ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले  राजनीतिक आवरण नदिने नीति अङ्गीकार गरेको जनाउनुभएको छ ।

पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो ।

गत मे १५  मा लान्डी जेलबाट रिहा भएका एक सय ९८ भारतीय मछुवारा वाघा सीमा पार गरेर गुजरात पुगेका थिए ।

Pakistan to release 200 Indian fishermen and three civilian prisoners - The  Week

पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका छ सय ५४ जना माझीमध्ये छ सय ३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका  र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ ।

यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका छ सय ५४ मध्ये चार सय ९९ लाई रिहा गर्ने निर्णय गरेको थियो । अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) लाई लिएर भारत र पाकिस्तानबीच मतभेद छ ।

पाकिस्तानको सामुद्रिक सुरक्षा निकायले आफ्नो क्षेत्रीय जलक्षेत्रको उल्लङ्घन गरेको आरोपमा हरेक वर्ष केही सय भारतीय मछुवाराहरूलाई पक्राउ गर्छभने त्यसको बदलामा  भारतीय निकायहरूले पनि प्रत्येक वर्ष पाकिस्तानी माझीलाई आईएमबिएल पार गरेको आरोपमा गिरफ्तार गर्दै आएको छ । रासस/पिटिआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
२०८१ वैशाख १९, बुधबार
हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा
२०८१ वैशाख १९, बुधबार
श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
२०८१ वैशाख १९, बुधबार
ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका
२०८१ वैशाख १९, बुधबार
अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल
२०८१ वैशाख १९, बुधबार
इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
२०८१ वैशाख १९, बुधबार
झापामा हात्तीपाइलेका तीनजना नयाँ बिरामी फेला
२०८१ वैशाख १९, बुधबार