श्रावण ५, २०८२ सोमबार July 21, 2025

सेनेगल झडपमा नौ जनाको मृत्यु

दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सेनेगलमा विपक्षी नेतालाई  अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ ।

अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीबार अदालतको फैसला सार्वजनिक हुनेबित्तीकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएका थिए ।

यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको,घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

Nine killed in Senegal clashes after opposition leader sentenced: Minister  - Sinar Daily

बिहीबारको फैसला पछि प्रहरी र प्रदर्शनकारीहरू बीच झडपमात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो,सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको मृत्यु भएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा भन्नुभएको छ ।

दुई जना प्रहरी अधिकारीले एएफपीलाई आफ्नो नाम नछाप्ने सर्तमा जिगुइन्चोरमा भएको प्रदर्शनमा कम्तीमा तीन जनाको मृत्यु भएको र राजधानीमा युवा प्रदर्शनकारीले एक प्रहरीलाई ढुङ्गाले हानेर मारेको बताए ।

बलात्कार अभियोगमा अदालतले उनलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले  जनतालाई सडकमा आउन आह्वान गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार