श्रावण १९, २०८३ मंगलबार August 4, 2026

निजी जीवनमा निकै कञ्जुस सारा अली खान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अभिनेत्री सारा अली खान हालका दिनमा फिल्म ‘जरा हटके जरा बचके’का कारण चर्चामा छिन् ।

यो फिल्म शुक्रबारबाट रिलिज भइसकेको छ । फ्यानले फिल्म मनपराइरहेका छन् ।

यही बीचमा साराले एक अन्तरवार्तामा आफू निजी जीवनमा निकै कन्जुस रहेको खुलासा गरेकी छन् । हालै सारा ‘आइफा २०२३’ सहभागी हुन अबुधाबी पुगेकी थिइन् ।

जहाँ उनले मिडियासँग आफ्नो निजी जीवनका बारेमा खुलेर कुराकानी गरेकी थिइन् । ‘म वास्तविक जीवनमा निकै कन्जुस छु । जब म अधुधाबी आएँ, मलाई निर्माता दिनेश विजाको एक भ्वाइस सन्देश आयो । जसमा उनले यहाँ रोमिङ मात्र ४०० रुपैंयाँमा आउने बताउँदै यसलाई लिन भनेका थिए । त्यसपछि रोमिङको शुल्क कति भनेर सोध्दा १० दिनको ३००० रुपैंयाँ थाहा पाएँ । मैले यहाँ एक दिनका लागि मात्र आएको भएर आफ्नो हेयर ड्रेसरको हटस्पटले काम चलाएँ’, उनले भनेकी छन् ।

यसअघि विक्की कौशलले एक प्रमोसन इभेन्टमा साराको विषयलाइ लिएर खुलासा गरेका थिए । उनका अनुसार साराले तौलिया किन्नका लागि निकै गाली खाएकी थिइन् । किनकी त्यो तौलियाको मूलय १६ सय रुपैंयाँ थियो । त्यस्तो तौलिया भेनिटी भेनमा दुई तीनवटा निशुल्क प्रयोग गर्न पाइन्थ्यो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
सर्वोच्चमा २८ हजार मुद्दा विचाराधीन
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार