श्रावण ५, २०८२ सोमबार July 21, 2025

आतंकबाद संबन्धी अदालतले दियो इमरान खानलाई १३ जुनसम्मको जमानत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान  शुक्रबार आतंकवाद विरोधी अदालत (एटीसी) मा हाजिर भएका छन् ।

अदालतले लाहोरको कोर्प्स कमाण्डर हाउसमा भएको हमलालगायत तीनवटा मुद्दामा उनको अग्रिम जमानत जुन १३ सम्म बढाएको छ।

खान कडा सुरक्षाबीच एटीसी लाहोरमा हाजिर भएका थिए । उनले आफ्नो ज्यानमा गम्भीर खतरा रहेको अदालतमा दोहोर्‍याएका छन् । पीटीआई कार्यकर्ता जिले शाहको हत्या मुद्दामा आफ्नो जमानतको म्याद थप गर्न पीटीआई पार्टीका अध्यक्ष खान लाहोर उच्च अदालतमा उपस्थित भएका थिए। उक्त मुद्दामा उच्च अदालतले उनको जमानत जुन १३ गतेसम्म थप गरेको छ ।

‘न्यायाधीश एजाज अहमद बुट्टरले जिन्ना हाउस भनेर चिनिने लाहोर कोर्प्स कमाण्डर हाउसमा भएको आक्रमणसँग सम्बन्धित मुद्दामा किन तपाई माथी  अनुसन्धानमा सामेल गराउन मिल्दैन ? भनेर प्रश्न गरेका थिए,’ अदालतका एक अधिकारीले भने।

तर, जवाफमा खानले आफ्नो ज्यान खतरामा रहेको मात्रै कुरा बढीमा जोड दिए बताए, ती अधिकारीले भने ।

खानले अन्वेषकहरूलाई भिडियो लिङ्क मार्फत अनुसन्धानमा सामेल हुन अनुमति दिन अनुरोध गरेका थिए, जसलाई अदालतले अस्वीकार गरेको छ । यद्यपि, न्यायाधीशले उनलाई अनुसन्धानमा सामेल हुन निर्देशन दिए र उनको जमानत जुन १३ सम्म लम्ब्याइयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया