श्रावण ५, २०८२ सोमबार July 21, 2025

ओडिसाको बालासोरमा भएको रेल दुर्घटनाप्रति बाइडेनद्वारा दु:ख व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बिडेनले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा जो र जिल बाइडेन भारतमा भएको भीषण रेल दुर्घटनाबाट  दुःखी भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संवेदना यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाउनेहरू र घाइते भएकाहरूप्रति छ। अमेरिका र भारतबीच गहिरो सांस्कृतिक सम्बन्ध छ, जसले यी दुई देशहरूलाई एकताबद्ध गर्दछ। शोकको यस घडीमा अमेरिकाका जनता भारतका जनताको साथमा उभिनुहोस्।’

बालासोरमा शुक्रबार साँझ तीनवटा रेल ठोक्किँदा अहिलेसम्म २८८ जनाको ज्यान गएको छ। सो दुर्घटनामा ७४७ जना घाइते भएका छन्।

अहिले दुर्घटनास्थलमा ट्र्याक मर्मतको काम भइरहेको छ ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया