श्रावण ५, २०८२ सोमबार July 21, 2025

गोली हानाहान हुँदा खैबर पख्तुनख्वामा दुई पाकिस्तानी सैनिकको मृत्यु

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतङ्कवादी र सुरक्षा बलहरू बीच गोली हानाहान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

एआरवाई न्युजले अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) लाई उद्धृत गर्दै जनाएअनुसार गोलीबारीमा दुई आतङ्ककारी मारिएका छन् ।

सेनाको प्रेस विज्ञप्तिमा भनिएको छ स् पाकिस्तानका सुरक्षा बलहरू आतङ्कवादको खतरा हटाउन कटिबद्ध छन् र हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो संकल्पलाई अझ बलियो बनाउँछ ।

Two terrorists gunned down in North Waziristan gun battle: ISPR

यसैबीच आईएसपीआरले अघिल्लो दिन मात्र खैबर पख्तुनख्वाको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बलले दुई जना आतङ्ककारीलाई मारेको बताएको थियो ।

उत्तरी वजिरिस्तान जिल्लाको दोसाली क्षेत्रमा आतङ्कवादी र सुरक्षा बलहरू बीच गोली हानाहान भएको थियो ।

पाकिस्तानी सुरक्षा बलहरूले तीन दिन अघि उत्तरी वजिरिस्तान जिल्लामा गुप्तचर-आधारित अपरेशन (आईबीओ) मा दुई आतङ्ककारीलाई गोली हानी मारेका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार