श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अमिताभ र धर्मेन्द्रकी ‘अनस्क्रिन आमा’ सुलोचनाको निधन

२ सय ५० हिन्दी र मराठी फिल्ममा अभिनय गरेकी बलिउडकी दिग्गज अभिनेत्री सुलोचना अस्ताइन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा आइतबार राती निधन भएको छ ।

गत मे ८ मा रेस्पिरेटरी इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सुलोचनाले सन् १९४० बाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनले हालसम्म करिब २ सय ५० हिन्दी र मराठी फिल्ममा अभिनय गरिन् ।

बलिउडमा उनले धर्मेन्द्र र अमिताभ बच्चनका अनस्क्रिन आमाको रुपमा अभिनय गरेर चर्चा पाएकी थिइन् । उनको वास्तविक नाम नगाबाई थियो । प्रख्यात मराठी निर्देशक भालजी पेढारकरले उनलाई सुलोचना नाम दिएका थिए ।

उनले १४ वर्षको उमेरमा कोल्हापुरका एक जमिन्दार आबासाहेब चव्हाणसँग विवाह गरेकी थिइन् । करियरको सुरुवातमा सुलोचनाले कैयौं हिन्दी र मराठी फिल्ममा प्रमुख अभिनेत्रीका रुपमा अभिनय गरिन् । यी फिल्ममा उनको अपोजिटमा अशोक कुमार, त्रिलोक कुमार र नाजिर हुसेनजस्ता कलाकारको अभिनय थियो । उनले आफ्नो करियरमा कैयौं प्रख्यात अभिनेता र अभिनेत्रीकी आमा अथवा हजुरआमाको भूमिकामा अभिनय गरिन् ।

सन् १९६०देखि ९० को दशकको सुरुवातमा देव आनन्द, सुनील दत्त, अमिताभ बच्चन, धर्मेन्द्र र राजेश खन्ना जस्ता सुपरस्टारको आमाको भूमिकामा अभिनय गरिन् । उनले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पाइन् । सन् २००९ मा महाराष्ट्र सरकारले उनलाई प्रतिष्ठित महाराष्ट्र भूषण अवार्ड प्रदान गरेको थियो ।

उनले ‘आए दिन बहार के’, ‘गोरा और काला’, ‘देवर’, ‘जोनी मेरा नाम’, ‘मुकद्दरका सिकन्दर’, ‘तलाश ‘ र ‘आजाद’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन् । सन् २००७ मा रिलिज फिल्म ‘परीक्षा’ उनको अन्तिम फिल्म थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
सर्वोच्चमा २८ हजार मुद्दा विचाराधीन
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार