श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अस्ताए महाभारतका शकुनी मामा गुफी

गुफीका भतिज हितेन र महाभारतमा उनका साथी कलाकार सुरेन्द्र पालले निधनको पुष्टि गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महाभारतमा शकुनीको भूमिका निभाएर चर्चित बनेका अभिनेता गुफी पेन्टलको सोमबार बिहान निधन भएको छ । उनी ७८ वर्षका थिए । पेन्टल ८ दिनयता मुम्बईस्थित अँधेरी अस्पतालमा भर्ना भएका थिए । उनलाई हृदय र मृगौला सम्बन्धी समस्या थियो ।

गुफीका भतिज हितेन र महाभारतमा उनका साथी कलाकार सुरेन्द्र पालले निधनको पुष्टि गरेका छन् । उनको आज ४ बजे अन्तिम संस्कार गरिनेछ ।एक साताअघिमात्र गुफीको स्वास्थ्यमा समस्या आएको थियो । त्यो समयमा उनी फरीदाबादमा थिए । त्यहाँको अस्पतालमा भर्ना भए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बई ल्याइएको थियो ।

गुफीले सन् १९७५ मा फिल्म ‘रफू चक्कर’बाट बलिउडमा डेब्यू गरेका थिए । ८० को दशकमा उनले कैयौं फिल्म र टेलिभिजन शोमा अभिनय गरे । यद्यपि उनले पहिचान भने सन् १९८८ मा बीआर चोपडाको महाभारतबाट पाए । उनी पछिल्लोपटक स्टार भारतको शो ‘जय कन्हैया लाल की’मा अभिनय गरेका थिए । अभिनयमा आउनुअघि उनी सेना थिए ।

उनले सानो भाई कन्वरजीतको भनाई मानेर सन् १९६९ मा मुम्बई आएका थिए । त्यहाँ उनले मोडलिङ र अभिनय सिकेपछि कैयौं फिल्ममा सहायक निर्देशकका रुपमा काम गरे । त्यही बेला उनले महाभारतमा कास्टिङ निर्देशकका रुपमा काम गर्ने मौका पाए ।

‘म महाभारतमा शकुनीको चरित्र निभाउनका लागि उपयुक्र्त अनुहारको खोजीमा थिएँ । मैले शोका लागि सबै कलाकारको अडिसन लिएँ । मैले यो भूमिकाका लागि तीन व्यक्तिलाई छनोट गरें । यही समयमा स्क्रिप्ट लेखक मासूम रजाले मलाई नै शकुनीको भूमिकामा अभिनय गर्न सल्लाह दिए । यसरी म महाभारतको शकुनी बनें’, उनले भनेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
२०८३ श्रावण १९, मंगलबार
अर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
२०८३ श्रावण १९, मंगलबार
राष्ट्र बैंकले आजका लागि कति तोक्यो विदेशी मुद्राको विनिमयदर ?
२०८३ श्रावण १९, मंगलबार
सर्वोच्चमा २८ हजार मुद्दा विचाराधीन
२०८३ श्रावण १९, मंगलबार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
२०८३ श्रावण १९, मंगलबार
साउन २३ मा मधेस केन्द्रित दलले ‘अग्रगामी मोर्चा घोषणा गर्ने
२०८३ श्रावण १९, मंगलबार
आज मंगलबार कुन राशिको लागि कति शुभ, हेर्नुहोस् राशिफल
२०८३ श्रावण १९, मंगलबार