श्रावण ४, २०८२ आइतबार July 20, 2025

तीन दिन देखी रुसमा फसेका एअर इन्डियाका यात्रुहरु अमेरिका प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसमा आकस्मिक अवतरण गरिएको एयर इन्डियाको प्रतिस्थापन बिमान अमेरिका प्रस्थान गरेको छ ।

नयाँ दिल्लीवाट २ सय ३२ जनालाई लिएर उडेको बिमानमा समस्या देखा परे पछि रुसमा आकस्मिक अबतरण भएको बिमानको सट्टा अर्को बिमानमार्फत सान फ्रान्सिस्को प्रस्थान गरेका हुन ।

गत मंगलबार प्राविधिक समस्याका कारण एयर इन्डियाको विमान रुसको मगादान सहरमा आपतकालीन अवतरण गर्न बाध्य भएको थियो । तीन दिन पछि बैकल्पिक उडानमार्फत अमेरिका प्रस्थान गराइएको हो ।

एयर इन्डियाले सान फ्रान्सिस्को इन्टरनेशनल एयरपोर्टमा यात्रुहरूलाई उनीहरूको आगमन औपचारिकतामा मद्दत गर्नको लागि आफ्नो अनग्राउन्ड समर्थन बढाएको छ। उसका अनुसार यात्रुहरुको चिकित्सा हेरचाह, यातायात र आवश्यकता अनुसारका थप सुबिधा प्रदान गर्न तयारी अवस्थामा राखिएको छ ।

दिल्लीबाट सान फ्रान्सिस्को जाँदै गरेको एयर इन्डियाको विमानको इन्जिनमा प्राविधिक खराबी आएपछि मंगलबार म्यागादान, रूसतर्फ डाइभर्ट गरिएको थियो । दुइ सय १६ यात्रु र १६ चालक दलका सदस्यसहित उडान भरेको बोइङ ७७७ विमानले मगदान विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको थियो ।

जसकाकारण म्यागदानमा यात्रु र चालक दललाई अस्थायी आवासमा राखिएको थियो। फसेका यात्रुहरू मध्ये एक गगनका अनुसार म्यागादानको बसाई भाषाको स्पष्टताको अभाव र अपर्याप्त सुविधाहरू कारण चुनौतीपूर्ण रहन पुगेको थियो । यात्रुहरुलाई खाना बस्न र भाषाका समस्याका कारण अनेक चुनौतीको सामाना गर्नु परेको थियो ।

गगनले अलपत्र यात्रुले सामना गर्नु परेको कठिनाइको बाबजुद रूसी अधिकारीहरूले गरेको प्रयासको भने प्रशंसा गरेका छन। ‘तिनीहरू राम्रा छन्। हामी भाग्यशाली छौं किनभने हामीलाई एउटा कलेजको होस्टेलमा राखेका थिए । हामीलाई उनीहरुले वाइफाइको सुबिधा दिनलाई नयाँ जडान पनि गरे, जसकाकारण हामीले हाम्रा परिवारहरूसँग सम्पर्कमा रहन सफल भयौं ।’

उता, अमेरिकी विदेश मन्त्रालयले रुसमा आकस्मिक अवतरण भएको विमानमा ५० भन्दा कम अमेरिकी नागरिक रहेको पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘हामीले उक्त उडानमा ५० भन्दा कम अमेरिकी नागरिक सवार रहेको जानकारी प्राप्त गरेका छौं। हामीलाई एयर इन्डियाको बदली विमान यात्रु लिन रुसवाट अमेरिका आउँदै गरेको छ भन्ने जानकारी दिइएकाे छ ।’

एयर इण्डियाले प्रतिस्थापन गरेको विमान ८ जुनमा स्थानीय समय अनुसार  राती सबा १२ बजे सान फ्रान्सिस्कोको अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार
भाजपा सांसद कंगना र आर माधवन १० बर्ष पुनः पर्दामा सँगै
२०८२ श्रावण ४, आइतबार