कार्तिक २९, २०८३ आइतबार November 15, 2026

‘सङ्घीय निजामती सेवा ऐन यसै अधिवेशनबाट जारी हुन्छ’ –

कर्मचारीको सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, सुशासन कायम गर्ने क्रममा आफूले ठूलो सफलता प्राप्त गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती कर्मचारी सेवा ऐन यसै अधिवेशनबाट ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीको आदेशअनुसार दिनरात खटेर सरोकारवाला सबै पक्षसँग गरिएको चरणबद्ध छलफलबाट प्राप्त राय सुझावलाई समेत समेटेर तयार गरिएको निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित हुने बताउनुभयो ।

कर्मचारीको सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, सुशासन कायम गर्ने क्रममा आफूले ठूलो सफलता प्राप्त गरेको जानकारी दिँदै मन्त्री मोदीले व्यापक दबाबका बाबजुद पालिकाको प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनमा पनि उल्लेख्य सफलता प्राप्त गरेको बताउनुभयो ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले कर्मचारीको सरुवा तथा पदस्थापना र सूचनाको हकसम्बन्धी अनावश्यक निवेदन र उजुरीका कारण मन्त्रालयको कामकाज प्रभावित हुने गरेको उल्लेख गर्दै स्पष्ट मापदण्ड र कार्ययोजनासहित जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रालय सफल भएको धारणा व्यक्त गर्नुभयो ।

सोही मन्त्रालयका प्रवक्ता कमल भट्टराईले कर्मचारी सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, दिगो विकाससहित सुशासन कायम गर्न मन्त्रालय परिवार एकजुट रहेको स्पष्ट गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार