श्रावण ११, २०८३ सोमबार July 27, 2026

नेपालमा कहिले ल्याइन्छ भारतले दिने भनिएको मुर्रा राँगा ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५  मुर्रा जातको राँगाबारे देशभर चर्चा छ । तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ । नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ । नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगञ्ज र लहान) मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ ।

सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन् ।  ढकालले भने, “स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य रु २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले एक बेतमा एक हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा तीन गुणाले बढाउन सकिन्छ ।”

उन्नत नश्लका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी देशभरिका किसानका गोठमा पुर्याइ भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधार गरिनेछ । भैँसीपालन पेसाबाट किसानपछि हट्दै गएको अवस्थामा आउने दिनमा भैँसीको नश्ल सुधारको कारण किसानलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
२०८३ श्रावण ११, सोमबार
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
२०८३ श्रावण ११, सोमबार
माडी आउन सडक निर्माण हुन्छ : मन्त्री गौतम
२०८३ श्रावण ११, सोमबार
देवानगञ्ज घटनाको वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
२०८३ श्रावण ११, सोमबार