कार्तिक २९, २०८३ आइतबार November 15, 2026

लायन्स क्लब डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो क्याविनेट मिटिङ काठमाण्डौंमा शुरु

डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो क्याविनेट बैठकमा १ सय ५८ वटा क्लबबाट करिव १ हजार भन्दा बढीको सहभागीता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको चौथो क्याविनेट मिटिङ काठमाण्डौंमा शुरु भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्टमध्य निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको चौथो क्याविनेट मिटिङ आज जेठ २७ ते शनिवारदेखि राजधानी काठमाण्डौंमा शुरु भएको हो ।

काठमाडाैको बसुन्धरा स्थित यति ईभेन्ट एन्ड कन्फ्रेन्स् सेन्टरमा आयोजित चौथो क्याविनेट तथा अवार्ड सेरोमनी एवम् फेलोसिप कार्यक्रममा डिष्ट्रिक्ट अन्तर्गतका करीव १ हजार बढी लायन्स सदस्यहरुको सहभागिता रहेको बताइएको छ ।

डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको चौथो क्यविनेट मिटिङ ऐतिहासिक भएको डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजुले बताउनुभयो । एक दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १ हजार बढी लायन्स प्रतिनिधीहरुकाे सहभागीता रहेको छ।

काठमाण्डौंको यती ईभेन्टस बसुन्धारामा ११: ३० बजेदेखी जारि मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १ सय ५८ वटा क्लबबाट करिव १ हजार भन्दा बढीको सहभागीता रहेको डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी लायन मिनराज काफ्लेले युगखबर अनलाइनलाइ बताउनुभयो ।

क्याविनेट बैठकलाई भब्य रुपमा सम्पन्न गर्न बिशेषगरी कार्यक्रम संयोजक डिपार्टमेन्ट चिफ लायन सरिता श्रेष्ठ, सह संयोजक डिपार्टमेन्ट चिफ लायन सुनिता मरह्ट्टा, रजिस्ट्रेसन बागमती एरिया रिजोन चेयरपर्संन लायन लक्ष्मी थापा मगर, रजिष्ट्रेसन गण्डकी एरिया NLF Coordinator लायन बसन्त गिरी, रजिष्ट्रेसन पर्वत एरिया Assistant Chief Advisor लायन बिसम श्रेष्ठ तथा रजिष्ट्रेसन बागलुङ एरियाको लागी डिपार्ट्मेन्ट चिफ लायन पार्बती थापा छेत्री खट्टिनुभएको थियो ।

यसैगरी सम्बन्धित क्षेत्रका रिजोन, जोन तथा क्लबका अध्यक्ष, पूर्वअध्यक्षहरु एवं पदाधिकारीलाई क्याबिनेट मिटिङ मूल आयोजक समितिको सदस्यमा मनोनयन गरिएको थियो । चौथो क्याविनेट बैंठकमा लायन्सले एक बर्षिय कार्यकालको सुरूवात देखी हालसम्मको कार्यसम्पादनको मुल्याङ्कनलाई दृष्टिगत गरी विभिन्न महिनामा अवार्डेट हुनुभएका लायन सदस्यहरुलाई सम्मान तथा अवार्डेड गराउने कार्यक्रम रहेको क्याबिनेट सेक्रेटरी लायन मिनराज काफ्लेले बताउनुभयो ।

प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चारवटा क्याविनेट बैंठक मध्ये काठमाण्डौंमा आयोजना भएको यो चौथो बैंठक कार्यकालको अन्तिम बैठकको  रुपमा रहेको छ ।

आगामी २०२३/२४ कार्यकालको लागी डिस्ट्रिक गर्भनरमा लायन सुचित्रा थापा, प्रथम भाइस गर्भनरमा लायन निरा बज्राचार्य, द्धितिय भाइस गर्भनरमा लायन दुर्गा प्रसाद हुँमागाइ १००% मत सहित निर्वाचित भइसक्नुभएको छ । त्यसैगरी क्याबिनेट सेक्रेटरीमा लायन शैलेन्द्र दाहाल, क्याबिनेट ट्रेजररमा दुर्गा ढकाल, चिफ एडभाइजरमा रमेश अधिकारी, पीआरओ इन चीफमा विष्णुहरि फुयाँल, प्रमुख प्रशासकमा टिकाराम सापकोटा, डिस्ट्रिक महिला सशक्तिकरण प्रमुखमा ज्ञानु बुर्लाकोटी लगायत ३३ जना मनोनीत भईसक्नुभएको छ ।

स्मरण रहोस लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के मा लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहरा लगायत १ सय ५८ वटा क्लब आवद्ध रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार