मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सोमालियामा अल-शबाबको आक्रमणमा ९ जनाको मृत्यु, २० घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सोमालियाको राजधानी मोगादिसुको एक होटलमा आतंकवादी संगठन अल–शबाबले गरेको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

सोमलिया सुरक्षा बलले होटलमा चलाएको ६ घण्टाको अपरेशन पछि अतिवादी हमलालाई अन्त्य गरेको थियो । त्यहाँबाट ८० जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । सो  क्रममा ३ सैनिकले ज्यान गुमाएका थिए भने सबै आक्रमणकारी मारिएका छन् ।

सरकारी अधिकारीहरूले आक्रमण भएको होटेल ‘पर्ल बिच’मा रहेको थियो, जुन होटललाई अलकायदा निकट अल शबाबको समुहले शुक्रबार राती देखी होटल कब्जा गरेको थियो। सोमालियाको सो चरमपन्थी समूह मोगादिसुका होटल र अन्य उच्च प्रोफाइल ब्यक्तिलाई लक्षित गरी आक्रमणहरू गर्नका लागि परिचित रहेको समुह हो ।

पर्ल बिच होटल नजिकै भएको आतंकवादी हमलाका कारण सडकमा रगत थियो र होटलका झ्यालका सिसा फुटेका थिए । एक प्रत्यक्षदर्शी हुसेन सद्दामले बीबीसीलाई भने, ‘आक्रमण हुँदा म समुद्र तटमा बसिरहेको थिएँ। होटलबाट मान्छे चिच्याएको आवाज आयो । गोलाबारीको निरन्तर आवाजले अवस्था त्रासमय थियो । र,  मैले पछि नजिकै चारवटा शवसमेत देखेँ, जसमध्ये २ जना महिला र २ जना पुरुष थिए । अल्लाहलाई धन्यवाद छ कि म जीवित छु।’

अगस्ट २०२० मा पनि अल शबाबले एउटा होटेल कब्जा गरेको थियो, जुनबेला २१ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

३० घन्टासम्म चलेको सो अपरेशनपछि मानिसहरूलाई उद्धार गरी आतंककारीरुलाई मारिएको थियो। यस घटनापछि राष्ट्रपति हसन शेख महमूदले अल शबाबलाई जरैदेखि उखेल्ने वाचा गरेका थिए। राष्ट्रपति शेख महमूदले अल शबाबलाई देशको रगत पिउने समुहको रुपमा बर्णन गरेका थिए ।

सो समुहले प्रतिष्ठित होटल तथा प्रतिष्ठित ब्यक्तिहरुमाथी निशाना लगाउँदै आएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार