श्रावण ४, २०८२ आइतबार July 20, 2025

पाकिस्तानको खैबर र पञ्जाब प्रान्तमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते

भारी बर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानमा परेको भिषण बर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ।

शनिबार राती परेको भारी बर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् ।

वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरु ढलेका छन् र बिजुलीका पोलहरु ढलेका छन् । प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पञ्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । राहत अधिकारी खतेर अहमदले घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराइएको बताए ।

Pakistan floods: Hundreds of children among 1,000 people killed | CNN

गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठूलो क्षति पु¥याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो भने तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए । लाखौं मानिसहरु विस्थापित पनि हुनु परेको थियाे । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार