श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिका बिरूद्द एकजुट भएर लडने इरान र क्युबाबिच सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी साम्राज्यवादी नीति बिरूद्द एकजुट हुने इरान र क्युबाबिच सहमति भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बिच अमेरिका बिरूद्द एक जुट भएर सामना गर्न सहमति भएको हो ।

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटबार्तामा दुवै देशका राष्ट«पतिका बिचमा सो सहमति भएको अन्तराष्टि«य सञ्चारमाध्यमले जनाएका छन् ।

सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन् । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन ।

वानामा आफ्ना समकक्षी इब्राहिम राईसीलाई होस्ट गर्दै राष्ट्रपति क्यानेलले भने कि ‘दुई देशहरूले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको उदासीनताको सामना गर्नु परेको छ ।’

अमेरिकाले दुवै देशहरू माथी धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन, उसले दुवै देशलाई आतंकवादलाई बढावा दिएको आरोप पनि लगाउँदै आएको छ ।

सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

इब्राहिम रायसीले एक व्यापारिक फोरममा भाग लिएका थिए, जहाँ उनले इरानले विज्ञान र प्रविधि, हाइड्रोइलेक्ट्रिक र थर्मोइलेक्ट्रिक प्लान्टहरू र खानीमा कम्युनिष्ट देश क्युबासँग काम गर्ने बताए।

इरानी राष्ट्रपतिले साे अघि निकारागुआ र भेनेजुएलाको पनि भ्रमण गरेका थिए ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार