कार्तिक २९, २०८३ आइतबार November 15, 2026

नक्कली भुटानी शरणार्थी प्रकरण : १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तहरूलाई थुनामा राख्ने आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि आज मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तहरूलाई थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

सोही प्रकरणमा पक्राउ परेका लक्ष्मी महर्जन र टङ्क कुमार गुरुङलाई भने धरौटीमा छाड्न आदेश दिइएको छ ।

महर्जनसँग ५ लाख र गुरुङसँग १० लाख रुपैयाँ धरौटी माग भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार