कार्तिक २९, २०८३ आइतबार November 15, 2026

साइबर सुरक्षा चुनौतीको रुपमा रहेको छ: सञ्चारमन्त्री शर्मा

साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुने खतरा रहेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ। मन्त्री शर्माले सूचना प्रविधि नेपालमा सबैभन्दा तीव्र गतिमा विकास भइरहेको तर यसलाई नियमन गर्ने गतिलो कानुन नहुँदा गलत प्रयोग हुने गरेको बताउनुभयो । उहाँले यसलाई रोक्नुपर्ने चुनौती समेत रहेको बताउनुभयो ।

दाङको घोराहीमा भएको सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौतीका रूपमा देखा परेको बताउनुभएको हो।

साइबर सुरक्षा सम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुँदै गएको भन्दै मन्त्री शर्माले सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माण लागेको बताउनुभएको थियो।

मन्त्री शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण नागरिकदेखि सरकारकै सूचनाको गोपनीयता भङ्ग हुने खतरा रहेको बताउनुभयो । त्यसलाई नियन्त्रणका लागि सरकार साइबर सुरक्षा सम्बन्धी कानुन निर्माणमा लागेको समेत बताउनुभयो ।

सूचना तथा प्रविधिको दुरुपयोग गर्दै विभिन्न खालका अपराध बढेको भन्दै मन्त्री शर्माले यसलाई रोक्नका लागि सबैको पहल आवश्यक रहेको बताउनुभयो। गलत प्रयोगका कारण बालबालिका, किशोर किशोरीदेखि आम नागरिक विभिन्न खालको फन्दामा पर्ने गरेको भन्दै मन्त्री शर्माले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोगसम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री शर्माले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो । त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोग सम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले नागरिकका पक्षमा काम गरोस् : महामन्त्री पौडेल
२०८३ कार्तिक २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ दान
२०८३ कार्तिक २९, आइतबार
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वमा स्थानीयसँगै रमाए गगन थापा, ढाकी बोकेर गरे पूजाआजा
२०८३ कार्तिक २९, आइतबार