श्रावण ४, २०८२ आइतबार July 20, 2025

भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा रवि सिन्हा नियुक्त

रवि सिन्हा दुई वर्षसम्म ‘रअ’ को प्रमुख पदमा रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतले छत्तीसगढ क्याडरका आईपीएस अधिकारी रवि सिन्हालाई देशको गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस विंग ‘रअ’ को नयाँ प्रमुख नियुक्त गरेको छ।

छत्तीसगढ क्याडरका १९८८ ब्याचका आईपीएस रवि सिन्हा वर्तमान प्रमुख सामन्त गोयल, आईपीएस (पञ्जाब १९८४) को उत्तराधिकारी बन्नेछन् । गोयल जुन ३० मा सेवानिवृत्त हुँदैछन्।

रवि सिन्हा दुई वर्षसम्म ‘रअ’ को प्रमुख पदमा रहने छन् । अहिले उनी केन्द्रीय मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको पदमा कार्यरत छन् ।

रिसर्च एण्ड एनालिसिस विंग ‘र’  सेप्टेम्बर १८६८ मा स्थापना भएको थियो। यसको मुख्य कार्यहरू विदेशी जासुसी भेला, प्रतिआतंकवाद, भारतीय नीति निर्माताहरूलाई सल्लाह दिने र भारतको विदेशी रणनीतिक हितलाई अगाडि बढाउनु हो।

रिसर्च एण्ड एनालिसिस विंग स्थापना हुनुअघि विदेशी जासुसी सङ्कलन मुख्य रूपमा इंटेलिजेंस ब्यूरो (आईबी) को जिम्मेवारी थियो, जुन ब्रिटिश राजको समयमा भारत सरकार द्वारा बनाइएको थियो।

को हुन रवि सिन्हा ?

रवि सिन्हा पछिल्लो भाजपा नेतृत्वको सरकार (अटलबिहारी वाजपेयी) को समयमै पुलिस सेवाबाट रअमा आएका थिए ।

एसएसपी पदमा रहँदा नै रअमा आवद्ध भएका सिन्हा अहिले डीजीपी लेवलमा थिए र जम्मु कश्मीर तथा उत्तर पूर्वी राज्यहरूमा चलाइएका कतिपय अपरेसनको नेतृत्व गरिरहेका थिए ।

पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरेको अनुभव उनीसँग छ। सिन्हा अहिलेका प्रमुख सामन्त गोयलपछि दोस्रो वरीयताका अधिकारी हुन्।

यस्तो छ रवि सिन्हाको नियुक्तिपत्रः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार