श्रावण ४, २०८२ आइतबार July 20, 2025

अपराधीको आश्रयस्थल नबन्न अमेरिकालाई चीनको अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चीनले अमेरिकालाई आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय  दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा  उक्त टिप्पणी गर्नु भएको हो ।

“सीमापार अपराधहरू विरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानूनी आम्दानीलाई नियन्त्रण गर्ने लगायतका विषय अन्तरराष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो,” माओले भन्नुभयो ।

विश्वका कुनै पनि देशसँग चीनको कानून प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी संदिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय कानूनको कडाइका साथ सञ्चालन गरिने पनि  माओले  प्रतिबद्धता व्याक्त गर्नु भएको छ ।

“सम्बन्धित कार्य पूर्णतया न्यायोचित छ। अर्कोतर्फ अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्ने गरेको छ, जानाजानी चीनको प्रयासलाई भयावह चीजको रूपमा विकृत गरेको छ र न्यायिक कारबाही पनि फरक ढङ्गले गरेको छ। चीन यसको कडा विरोध गर्दछ,” माओले भन्नु भएको छ।

उहाँले अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन, अन्तरराष्ट्रिय सङ्गठित अपराध विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघ महासन्धि र अन्य अन्तरराष्ट्रिय सन्धिहरू अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ साथै आफ्नो अन्तरराष्ट्रिय जिम्मेवारी पूरा गर्न पनि उहाँले अमेरिकाको ध्यानाकर्षण गर्नु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार