श्रावण ४, २०८२ आइतबार July 20, 2025

युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ।

लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ।

सोमबारको विज्ञप्तिमा भनिएको छ -काउन्सिलले आज युरोपेली शान्ति सुविधाको समग्र वित्तीय सीमा सन् २०२३ मार्च २० बाट लागू हुने गरी अघिल्लो सम्झौताको आधारमा सो थप रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

“यो कार्य वित्तीय दिगोपन र सुरक्षित र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न र यसको विश्वव्यापी भौगोलिक दायरा र सङ्कट र द्वन्द्वहरूलाई रोक्न र त्यसका लागि शीघ्र प्रतिक्रिया गर्ने ईयुको क्षमतालाई जोगाउनको लागि हो,” विज्ञप्तिमा भनिएको छ।एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार