श्रावण ४, २०८२ आइतबार July 20, 2025

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताउनुभएको छ ।

पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो । कुल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ ।

उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ ।

भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन । उहाँले थप्नुभयो, “नमूना दिल्ली पठाइएको थियो र २९ जनाको मात्र नमूना पुष्टि भएको छ ।

Odisha Train Accident, Coromandel Express Accident: "Limbless Bodies,  Bloodbath On Tracks": Survivor Recounts Odisha Train Crash

“पाँच परिवार शव लिन आएका छन् तर नमूना पुष्टि हुन सकेको छैन,”’ उहाँको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

“सरकारी आदेशअनुसार निर्वाध रहेका शबलाई मात्र दाहसंस्कार गर्नुपर्ने र तिनीहलाई सकेसम्म आफ्नो पैतृक क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने हुन्छ,” नगर प्रमुख दासले भन्नुभयो ।

उहाँले भन्नुभयो, “दाबी नगरिएका शवको पनि अन्त्येष्टि गरिनेछ । त्यसका लागि हामीले दुईवटा शवदाह गृह तयार पारेका छौं,” उहाँले भन्नुभयो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार