श्रावण ४, २०८२ आइतबार July 20, 2025

फ्रान्समा चौथो दिन पनि प्रदर्शन जारी, एक हजार भन्दा बढी पक्राउ

सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी, एक हजार ३५० कार जले र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फ्रान्सका सडकमा एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले ठाउँ ठाउँमा आगो बालेर आवागमनमा अवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् ।

सिएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ । अहिलेसम्म प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ ।

फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ । सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ ।

शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएका छन् । बिएफएमटिभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन ।

पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि यो घटना भएको हो । उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो । नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार