श्रावण ४, २०८२ आइतबार July 20, 2025

रुसी राजधानी मस्कोमा युक्रेनी ड्रोन हमला, सबै ड्रोन झारेको रुसको दाबी

ड्रोन हमलासँगै भिनुकोभो विमानस्थलमा बिहानको लागी अवतरण गर्न आएका दश उडान राजधानी मस्कोका अरू दुई विमानस्थलमा पठाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मंगलवार रुसी राजधानी मस्कोमा ड्रोन हमला भएको छ ।

रुसी सरकारी विश्व च्यानल आरटीले मस्कोका मेयर सेर्गी सोव्यानीनलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार मंगलवार बिहानै हमला गरिएका सबै ड्रोनलाई रुसी हवाई दस्ताले झारेको थियो ।

मेयरले ड्रोनबाट कुनै मानवीय क्षति नभएको बताएका छन् । ड्रोन हमलासँगै भएको अस्थायी हवाई उडान प्रतिबन्ध पनि खोलिएको आरटीले उल्लेख गरेको छ ।

ड्रोन हमलासँगै भिनुकोभो विमानस्थलमा बिहानको लागी अवतरण गर्न आएका दश उडान राजधानी मस्कोका अरू दुई विमानस्थलमा पठाइएको आरटीले उल्लेख गरेको छ । मस्कोमा झारिएका सबै ड्रोनहरू युक्रेनको भएको रुसको दाबी छ ।

गत महिना पनि युक्रेनले हमला गरेका आठ ड्रोनहरू रुसले झारेको आरटीले उल्लेख गरेको छ । मस्कोमै ड्रोन हमला गरेपनि युक्रेनले सार्वजनिक रूपमा भने हमलाको जिम्मेवारी लिएको छैन ।

युक्रेनलाई हतियार सहयोग गर्ने पश्चिमा देशहरूले त्यी हतियार युक्रेनी भूमिमा भएको रुसी हमलामा मात्रै प्रयोग गर्न दिएको भन्ने गरेकोले युक्रेनले मस्को हमलाको बारेमा स्वीकार गर्ने गरेको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार