कार्तिक २९, २०८३ आइतबार November 15, 2026

राष्ट्रपति पाैडेलकाे उपचार खर्च निकासाका लागि परराष्ट्रकाे अर्थ मन्त्रालयलाई पत्राचार

अर्थको सहमतिअनुसार नै बिल भरपाई पठाएर निकास मागेको परराष्ट्र मन्त्रालयको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः राष्ट्रपति रामचन्द्र पौडेलको भारतको दिल्लीमा उपचार गर्दा भएको खर्च निकासाका लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

अर्थ मन्त्रालयले गएको ११ गते स्वास्थ्य उपचारलगायतको खर्चका लागि मापदण्डअनुसार खर्च गर्ने गरी ५५ लाख चार हजार छ सय ५४ रुपैयाँको सहमति दिएको थियो । यस्तै असार १२ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको छ । अर्थको सहमतिअनुसार नै बिल भरपाई पठाएर निकास मागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई गएको वैशाख ६ गते श्री एअरलाइन्सको चार्टर्ड एअर एम्बुलेन्सको उडानमार्फत भारतको नयाँ दिल्लीमा उपचार गर्न लगिएको थियो । काठमाण्डाैबाट दिल्लीसम्मको एअर एम्बुलेन्सका लागि ३३ लाख रुपैयाँ, दिल्लीको उपचारमा झन्डै सात लाख रुपैयाँ र फर्कँदाको भाडा झन्डै छ लाख रुपैयाँ खर्च भएको देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको सचिवालय तथा परिवारका सदस्यको दैनिक भ्रमण भत्ता भने कसले बेहोर्ने भन्ने निर्णय भएको छैन । यसअघि राष्ट्रपतिले उपचार खर्च आफैँले बेहोर्न चाहेको भनी उहाँको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता
२०८३ कार्तिक २९, आइतबार
तेक्वान्दो खेलाडी वैभवीलाई थाइल्यान्डमा दुई पदक
२०८३ कार्तिक २९, आइतबार
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार