कार्तिक २९, २०८३ आइतबार November 15, 2026

समस्या समाधान भएपछि मात्र सदन अघि बढ्छ : सभामुख घिमिरे

संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने सभामुखको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सभामुख देवराज घिमिरेले संसद अवरोध समस्यालाई छलफलको माध्यमबाट समाधान गरेर मात्र सदन अघि बढ्ने बताउनुभएको छ । संसदमा विषय उठिसकेपछि वार्ताको माध्यमबाट समाधान गरेर मात्र संसदलाई गति दिन उचित हुने उहाँले बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँग आज कुरा गर्दै उहाँले सभामुख कसैको पक्ष वा विपक्षमा नरहने भन्दै संसदमा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न मध्यस्थताको भुमिका आफूले निर्वाह गरिरहेको बताउनुभयो । प्रधानमन्त्रीलाई सम्पर्क गरी प्रतिपक्ष दलहरुसँग वार्ताको पहल गरी वार्ताबाट समस्या समाधान गरी संसद सुचारु गर्न आफूले आग्रह गरेको उहाँले बतउनुभयो ।

प्रमुख प्रतिपक्षी दल र प्रतिपक्ष दलका नेतालाई पनि सिधै राजीनामा माग्नुभन्दा वार्तामार्फत समस्या समाधानका लागि अग्रसर हुन आफूले सुझाएको उहाँले बताउनुभयो । वार्ताबाट समस्या समाधान गरी संसदको गतिरोध हट्नेमा आफू विश्वस्त रहेको उहाँले चर्चा गर्नुभयो ।

सभामुखको भुमिका संसदमा तटस्थ हुनुपर्नेमा आफू सचेत रहेको बताउँदै संसद झगडा गर्ने थलो बन्न नहुने उहाँको भनाइ छ । सभामुखको भूमिका सधैं तटस्थ र सन्तुलित हुनुपर्ने उहाँले बताउनुभयो ।

कुनै विषयलाई लिएर संसद बैठकमा कुरा उठेपछि त्यसको समाधान खोज्न आवश्यक रहेको बताउँदै सभामुख घिमिरेले आफ्नो भूमिका निश्पक्ष रहने प्रष्ट पार्नुभयो । दलका नेताहरुलाई समस्या समाधानका लागि नियमित आग्रह गरिरहेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार