श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी

अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिवन्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ।

डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै रहेको र मृत्युदर पनि बढिरहेकाले यसको अन्त्यको घोषणा गर्न आवश्यक मापदण्डहरुबारे छलफल गरिरहेको जनाएको छ ।

डब्लुएचओका जनस्वास्थ्य विज्ञहरुले कोरोना संकटको अन्त्य कसरी र कहिले गर्ने भन्ने बारेमा छलफल थालेको जनाएका छन् । पछिल्लो समय हङकङलगायतका मुलुकमा नयाँ केस देखा पर्न थालेपछि डब्लुएचोको योजनामा चुनौती थपिएको अधिकारीहरुले जनाएका छन् ।

महामारी अन्त्यको घोषणा गरेपनि स्वास्थ्यका मापदण्डहरु भने सधैं पालना गर्नुपर्नेबारे भने अधिकारीहरु सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। कोरोना महामारी अन्त्यको घोषणा गरेपनि अझै वार्षिक हजारौं सर्वसाधारणको मृत्यु हुने सम्भावना रहेको डब्लुएचओको दावी छ। कोरोना भाइरस कायमै रहेका बेला यसका अन्य स्वरुपहरु पनि देखा पर्न सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको दर ओरालो लाग्दै गएपछि अधिकांश मुलुकले डब्लुएचओको निर्देशन नआएपनि विभिन्न प्रतिवन्धहरु फुकुवा गरेर दैनिकी सहज बनाउँदै आएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार