काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको र रूससँग स्रोतको अभाव रहेको साथै आर्थिक सङ्कटमा परेको बताउनुभएको छ ।
नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भन्नुभयो, “पुटिनले युद्ध हारेका छन् । उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन ।” उहाँले युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दवाव दिन सक्ने बाइडेनले बताउनुभयो ।
“युक्रेनले आफ्नो आक्रमणमा महत्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” बाइडेनले पत्रकारहरूसँगको कुराकानीमा भन्नुभयो ।
एक फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “रूसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकोले यसप्रति सम्बन्धित सजग रहन सजग रहन आवश्यक हुन्छ ।”
उहाँले युक्रेनमा रूसले आणविक हतियार प्रयोग गर्नसक्ने सम्भावना रहेको पनि दाबी गर्नुभयो ।एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया