कार्तिक २९, २०८३ आइतबार November 15, 2026

अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु काठमाडौं आउँदै

एमसीसीका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु आज (शुक्रबार) नेपाल भ्रमणमा आउँदैछन्। उनी भारत हुँदै काठमाडौं आउने भएका हुन्।

सरकारले संसदबाट पास भइसकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगस्टदेखि पूर्ण कार्यान्यवन गर्ने बताउँदै आएको छ। सोही विषयमा छलफल गर्न डोनाल्ड लु काठमाडौं आउन लागेका हुन्। नेपालमा रहँदा उनले एमसीसीका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

त्यस्तै उनले परराष्ट्र मन्त्रालयका अधिकारीहरू र राजनीतिक दलका नेता तथा मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ। उनी भोलि नै फर्किने कार्यक्रम छ।

नेपालमा डोनाल्ड लुको यो तेस्रो भ्रमण हो। यसअघि उनी १२ मंसिर २०७९ र १ मंसिर २०७८ मा नेपाल भ्रमणमा आएका थिए। त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।

उनले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै एमसीसी परियोजनाका विषयमा छलफल गरेका थिए।

नेपालमा एमसीसी र एसपीपी लागू गर्ने विषयमा चर्को बहस चलिरहेका बेला उनले नेपाल भ्रमण गरेका थिए। उनको भ्रमणलाई राजनीतकरूपले अर्थपूर्ण मानिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार