श्रावण ४, २०८२ आइतबार July 20, 2025

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ।

यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।

द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको शिकार भएका थिए। जसमा बालकको टाउको घाँटीबाट अलग भएको थियो । मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो, जसमा उनी गम्भीर घाइते भएका थिए ।

बालकको अवस्था नाजुक देखेर उनलाई हेलिकप्टरबाट हदासाह मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ उनलाई आकस्मिक शल्यक्रियाका लागि पठाइएको थियो।

डाक्टरका अनुसार उनको टाउको घाँटीको फेदबाट लगभग पूरै काटिएको थियो। बच्चाको शल्यक्रिया टोलीमा रहेका अर्थोपेडिक सर्जन डा. ओहाद इनभले टाइम्स अफ इजरायललाई भने कि यो एकदमै जटिल शल्यक्रिया थियो। यसमा हामी सफल हुन सक्छौं कि सक्दैनौं भन्ने हामीलाई पूर्णतया कल्पनासमेत थिएन। तर हामीले हार मानेनौं, यो जटिल शल्यक्रिया गर्नका लागि धेरै घण्टा लाग्यो। तर अहिले नतिजा देखेपछि पुरै टिम निकै खुसी छ ।

रिपोर्टका अनुसार यो घटना गत महिना अर्थात जुनमा भएको थियो तर डाक्टरहरूले जुलाईसम्म यो घटना सार्वजनिक गरेका थिएनन् ।

शल्य चिकित्सकहरूले पनि केटाको बाँच्ने सम्भावना कम भएकाले उनको निको हुनु कुनै चमत्कार भन्दा कम नभएको विश्वास गर्छन्। प्रतिवेदन अनुसार दुर्घटनामा परेका बालक अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, अस्पतालले बच्चाको निको हुनेबारे अनुगमन जारी भने राखिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार