काठमाण्डौः रुसी सेनाले आफ्नो भूमि नछोडेसम्म मस्कोसँग वार्ता नगर्ने युक्रेनले स्पष्ट गरेको छ ।
युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले शुक्रबार रुसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका छन् । युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले रुसी सेनाले युक्रेनी भूभाग छोडेपछि मात्र वार्ताहरूका बारेमा विचार गरिने पत्रकारहरूलाई बताएका छन् ।
यसैबीच, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनले रसियालाई अर्को हप्ता समाप्त हुने खाद्यान्न आपूर्ति सम्झौताको अवधि बढाउन दबाब दिँदै यदि त्यसो नभएमा विकासोन्मुख विश्वले क्षति भोग्नुपर्ने चेतावनी दिए ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शुक्रबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले युक्रेनमा मस्कोको आक्रमणबाट उत्पन्न भएको विश्वव्यापी खाद्य सङ्कटलाई कम गर्न युक्रेनी अन्नको निर्यात अनुमति दिने सम्झौता नवीकरण गर्न सहमत भएको बताए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया