श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक राजेश राईको ‘झल्को ज्यानकै आउने’ सार्वजनिक (भिडियो)

म्यूजिक भिडियाेमा इन्द्र खरेल, उषा उप्रेती, दुर्लभ जन्तरे लगायत अमित लोहरुङ राई र प्रेम श्रेठको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘झल्को ज्यानकै आउने’ ल्याएका छन् ।

यसअघिका आफ्ना दर्जनौं गीत दर्शकमाझ ल्याएका गायक राजेशले यो पटक ‘झल्को ज्यानकै आउने’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

सिगिङ सुपर स्टार सिजन-१ का विजेता रहेका राजेश राईका `तोडियो तोडियो’ ‘कालो कालो’ ‘अर्खौले बजार’ सहितका गीत दर्शक र स्रोताले निकै मन पराएका थिए  । झल्को ज्यानकै आउने पनि दर्शक र स्रोताले रुचाउने गायक राजेशको अपेक्षा छ ।

गीतमा दुर्लभ जन्तरेको शब्द सृजना, राजु सेन्चुरीको संगीत र सुबिन सेन्चुरीको संगीत संयोजन छ । भिडियोलाई दुर्लभ जन्तरेले  निर्देशन गरेका छन् । भिडियाेमा इन्द्र खरेल, उषा उप्रेती, दुर्लभ जन्तरे लगायत अमित लोहरुङ राई र प्रेम श्रेठको अभिनय देख्न सकिन्छ ।

पवन सुस्लिङको छायांकन र सम्पादन रहेको भिडियोलाई राजेश राई युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया