श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘रुससँग पर्याप्त विष्फोटक पदार्थ छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतवार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले ‘क्लस्टर बम’जस्ता हतियार प्रयोग गर्ने हो भने जवाफ दिन आफ्नो देशसँग पनि पर्याप्त त्यस्ता हतियार रहेका बताउनुभएको छ ।

युक्रेनले संयुक्त राज्य अमेरिकाबाट क्लस्टर हतियार प्राप्त गर्न थालेको सन्दर्भमा तत्क्षण विस्फोट हुन नसक्ने क्लटर बमले नागरिकहरूमा निम्त्याउने दीर्घकालीन जोखिमप्रति सर्वत्र र चिन्ता चासो व्यक्त भएको छ । अमेरिकाले निर्यात गरेका विवादास्पद हतियारहरू लामो समयसम्म विस्फोट नभइ त्यसै रहने हुँदा त्यो जनसाधारणका निम्ति गमभीर जोखिम हो ।

“रसियासँग विभिन्न प्रकारका क्लस्टर हतियारको पर्याप्त भण्डार छ,” राष्ट्रपति पुटिनले एक सरकारी टेलिभिजनका पत्रकारलाई भन्नुभएको छ । उहाँले भन्नुभयो “यदि क्लस्टर बम हाम्राविरुद्ध प्रयोग भएमा त्यसको बदलामा हामी पनि जवाफ दिन सक्छौ, त्यो हाम्रो अधिकार हो, देशलाई त्यस्ता हतियार आवश्यक परे पनि अहिलेसम्म हामीले त्यसको प्रयोग गरेका छैनौँ । ”

रुसले युद्ध मैदानमा क्लस्टर हतियार प्रयोग गरेको आरोप ह्युमन राइट्स वाच र युक्रेनी सेनाले लगाएका छन् । क्लस्टर हतियारमाथि धेरै देशले प्रतिबन्ध लगाएका छन् । विशेष गरी  युरोपमा त्यो अवैधानिक मानिन्छ । ओस्लो महासन्धिअनुसार पनि त्यसको प्रयोग गैरकानुनी हो । तर दुःखको कुरा रुस,अमेरिका र युक्रेन उक्त महासन्धिका पक्षराष्ट्र होइनन् ।

यसैबीच, मानवतावादी संस्थाहरूले क्लस्टर हतियारको प्रयोगका निन्दा गरेका छन् । उनीरूले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने अमेरिकी निर्णयको पनि भत्र्सना गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई त्यस्ता हतियार उपलव्ध गराउने कठिन निर्णय आफूबाट भएको बताउनुभएको छ । युक्रेनको रित्तिएको गोलाबारुद भण्डारलाई भरथेगका निम्ति अप्रिय निर्णय गर्नुपरेको उहाँले सार्वजनिक रुपमा भन्दै आउनुभएको छ । रासस /एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार