मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इरानमा हिजाब विरोधी प्रदर्शन पुन: सुरू, नैतिम प्रहरी उतारियाे सडकमा

जहाँ गिरफ्तारी पछि महिलाहरूलाई ती हिरासत केन्द्रहरूमा राखिन्छ र उनीहरूलाई हिजाब सहित सबै शरिया कानूनहरू पालना गर्न सिकाइन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इरानमा हिजाब विरुद्धको विरोध प्रदर्शनले विश्वभर हेडलाइन बनेको छ। यी आन्दोलनका क्रममा सयौं मानिस मरे, धेरैलाई मृत्युदण्डको सजाय सुनाइयो र हजारौंलाई कैद गरियो।

यद्यपि यी राष्ट्रव्यापी विरोधका बावजुद हिजाबमा इरानी सरकारको अडानमा कुनै परिवर्तन भएको छैन र इरानी सरकारले नैतिक प्रहरी पुनः सुरु गरेको छ।

शरिया कानूनमाआधारित इरानी कानून अनुसार महिलाहरूले आफ्नो टाउको बुर्काले छोप्नु पर्छ र हिजाब भनिने लामो, ढीलो फिटिंग लुगा लगाउनु पर्छ। महिलाहरूले यी नियमहरू पालना गर्न र कानून अनुसार लुगा लगाउन सुनिश्चित गर्न इरानमा एक बल गठन गरिएको छ, जसलाई गश्त ए इरशाद भनिन्छ। यो फोर्सले सन् २००६ मा पहिलो पटक नैतिक प्रहरी सेवा सुरु गरेको थियो ।

Anti-hijab protest continues in Iran : The Tribune India

करिब १० महिनाअघि इरानमा महसा अमिनी नामकी महिलालाई हिजाब नलगाएको भन्दै सोही नैतिक प्रहरीले पक्राउ गरेको थियो र पछि हिरासत मै मृत्यु भएको थियो । महसा अमिनीलाई हिरासतमा नराम्ररी कुटपिट गरिएको थियो, जसले गर्दा उनको मृत्यु भएको थियो । यसले इरानमा सरकारविरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन भएको थियो।

प्रदर्शनका कारण इरान सरकारले गश्त ए इरशादको गस्तीमा प्रतिबन्ध लगाएको थियो। अब १० महिनाको आन्दोलनपछि फेरि सुरु भएको छ ।

यस बलका जवानहरूले पैदल वा सवारी साधनमा देशका विभिन्न क्षेत्रमा गस्ती गर्छन्। यस अवधिमा यदि कुनै महिला हिजाब नलगाएको वा गलत लुगा लगाएको देखिएमा यस फोर्सका सिपाहीहरूले पहिले त्यस महिलालाई चेतावनी दिन्छन् । महिलाले कानुनको पालना नगरेमा कानुनी कारबाही हुन्छ ।

यी सेनाहरू इरानको सरकारद्वारा सशस्त्र छन् र तिनीहरूसँग हिरासत केन्द्रहरू पनि छन्, जहाँ गिरफ्तारी पछि महिलाहरूलाई ती हिरासत केन्द्रहरूमा राखिन्छ र उनीहरूलाई हिजाब सहित सबै शरिया कानूनहरू पालना गर्न सिकाइन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार