कार्तिक २९, २०८३ आइतबार November 15, 2026

टिआईएबाट एक क्विन्टल सुन बरामद, सुन तस्करीमा भन्सार कर्मचारीकाे मिलोमतो

ठूलाे परिमाणमा अवैध सुन सहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः राजश्व अनुसन्धान विभागले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार ठूलाे परिमाणमा अवैध सुन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन सहित ट्याक्सी चालक र एक जना भन्सार अभिकर्तालाई विभागकाे टाेलीले पक्राउ गरेकाे हाे ।

विभागकाे टाेलीले भन्सार जाँचपास गरिएका मालसामानकाे पुनः जाँचकाे क्रममा ठूलाे परिमाणमा सुन बरामद भएकाे विमानस्थल श्राेतले जानकारी दिएकाे छ। चीनबाट आयात गरिएकाे माेटरसाइकलकाे ब्रेक प्याडमा लुकाइएकाे करिब १०० किलाेग्राम सुन बरामद भएकाे हाे । ब्रेक प्याडमै समेत सुन जाेडेर १६० सेटमा लुकाइएकाे अवस्थामा सुन बरामद भएकाे राजश्व विभागका अधिकारीले जानकारी दिएका छन्।

भरियामार्फत् सुन भित्र्याउँदै आएका व्यवसायीले पछिल्लाे समयमा मालसामानकाे रुपमा आयात गरेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीकाे मिलेमताेमै सुन भित्र्याउन थालेकाे पाइएकाे छ।

विद्युतीय चुराेटभित्र लुकाइएकाे नाै किलाेग्राम सुन विमानस्थल भन्सार कार्यालयकाे गाेदामबाटै हराएकाे घटनाबारे अनुसन्धान भइरहेकै बेला विभागले हालसम्मकै ठूलाे परिमाणमा सुन बरामद गरेकाे खबर एकाएक प्रकाशमा आएकाे छ।

नेपाल प्रहरीले २०७४ सालमा ठमेलकाे हाेटलबाट चिनियाँ नागरिककाे साथबाट यसअघिकै ठूलाे परिमाण ८८ किलाे अवैध सुन बरामद गरेकाे थियाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार