श्रावण ५, २०८२ सोमबार July 21, 2025

बाढी र पहिरोले जम्मु काश्मिरमा आठ जनाको मृत्यु

मृत्यु हुने सातै जना एकै परिवारका सदस्य भएको पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ ।

जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल–उत्तराखण्डमा झण्डै एक हजार सडक बन्द छन् ।

Cloud Bursts in Indian Himalayan Region in Pre-monsoon & Monsoon 2020 –  SANDRP

जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ । बुधबार बिहान पहिरो गएपछि मानिसहरु निदाइरहेका थिए । रामबन र बनिहालको बिचमा पहिरो र चट्टान खसेको कारण जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग छ घण्टा भन्दा बढी बन्द भएको थियो।

यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवल बीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्मु–पठानकोट राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया