कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आठ जना सचिवको एकसाथ सरुवा, काे कहाँ पुगे ?

पाँच जना सचिवको सरुवा र भर्खरै बढुवा भएका दुई सचिवको पदस्थापन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकारले पाँच जना सचिवको सरुवा र भर्खरै बढुवा भएका दुई सचिवको पदस्थापन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयअनुसार सचिवको सरुवा तथा पदस्थापन गरिएको हो ।

जसअनुसार सार्वजक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा पठाएको छ । यता गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।

खेलकुद मन्त्रालयका सूर्य गौतमलाइर् निर्वाचन आयोगमा सरुवा गरिएको छ। निर्वाचन आयोगमा रहेका गोकर्णमणि दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पठाइएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव तोयम राया प्रधानमन्त्री कार्यालय अन्तर्गतको तथ्यांक कार्यालयमा सरुवा भएका छन् ।

रामप्रसाद थपलियाले अवकाश पाएपछि तथ्यांक कार्यालयमा सचिव पद रिक्त थियो । कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । त्यस्ते केही दिनअघि बढुवा भएका सचिव घनश्याम उपाध्यायलाई बाग्मती प्रदेश र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार