काठमाण्डौंः सुनसरीमा एक युवाको गोली हानी हत्या भएको छ । आज साँझ ६ बजेर ३० मिनेटमा सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिनुभयो ।
चारकोशे जंगलमा पैदलै आएका युवाको समूहले उनीमाथि गोली हानेको बताइएको छ । चौधरीसँगै आएकी महिला सकुशल रहेकी छन् । चौधरीमाथि तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानेको बताइएको छ । सन्तोष यादव
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया