कार्तिक २९, २०८३ आइतबार November 15, 2026

संवैधानिक निकायका सुझाव कार्यान्वयन गर्नुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

संवैधानिक निकायले दिएका सुझावलाई कार्यान्वयन गरी आर्थिक अनुशासन कायम राख्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संवैधानिक निकायले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन ग्रहण गर्दै उहाँले संवैधानिक निकायले दिएका सुझावलाई कार्यान्वयन गरी आर्थिक अनुशासन कायम राख्नुपर्ने बताउनुभयो । राज्यको आवश्यकताका आधारमा संवैधानिक निकाय गठन भएको भन्दै उहाँले मुलुकको हितका लागि ती निकायले दिएका सुझाव सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रतिवेदन हस्तान्तरण गर्दै आयोगका सदस्य जुद्धबहादुर गुरुङले अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ (क) को उपदफा १ अनुसार लुम्बिनी प्रदेश सरकारले मासिक रूपमा रकम बाँडफाँट गर्नुपर्नेमा चौमासिक/त्रैमासिक रूपमा बाँडफाँट गरेको देखिएको बताउनुभयो ।

आवको असार महिनापछि उठेको सवारी साधन करबाट प्राप्त रकम सम्बन्धित प्रदेश र प्रदेशभित्रका स्थानीय सरकारलाई मासिक रूपमा बाँडफाँट नगरी अर्को आव बाँडफाँट गर्ने गरेको पाइएको उहाँले उल्लेख गर्नुभयो । उहाँले अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ (क) को उपदफा १ अनुसारको रकम मासिक रूपमा बाँडफाँट गर्नुपर्ने तथा सवारी करबाट प्राप्त रकम पनि मासिक रूपमा बाँडफाँट गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल सरकार तथा प्रदेश सरकारले स–साना टुक्रे कार्यक्रम/योजना/परियोजना निरन्तर रूपमा सशर्त अनुदान पठाउने गरेको भन्दै उहाँले त्यस्तो कार्यले प्रदेश तथा स्थानीय तहको आयोजना प्राथमिकीकरण र सञ्चालनको स्वायत्ततामा प्रभाव पर्न जाने र प्रदेश तथा स्थानीय तहबाट आयोजना छनोट र कार्यान्वयनबाट प्राप्त हुने दक्षता हासिल हुन नसक्ने उहाँको भनाइ थियो ।

उहाँले सशर्त अनुदानबाट सञ्चालन हुने आयोजना/कार्यक्रमप्रति सम्बन्धित तहको अधिकतम स्वामित्व कायम गर्न र कार्यान्वयन प्रक्रियामा व्यवस्थापकीय कुशलता र खर्च दक्षता समेत सुनिश्चित गर्नका लागि सशर्त अनुदान उपलब्ध गराउँदा क्रियाकलाप नै तोक्ने कार्य नगरी त्यस किसिमको स्वायत्तता सम्बन्धित प्रदेश वा स्थानीय तहलाई नै हुने गरी क्षेत्रगत सर्तहरू र आयोजना/कार्यक्रमको लक्ष्य तथा अपेक्षित उपलब्धि जस्ता विषय मात्र तोकेर उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार